Breaking News

चितवनको कालिकामा मृत भेटिएको पाटे बाघलाई भरतपुरमा गाडियो (भिडियोसहित)

Banner

चितवन, पुस २७–

चितवनमा एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–१ स्थित चतुर्मुखी सामुदायिक वनको घाटगती पछाडिको क्षेत्रमा सोमबार दिउँसो मृत अवस्थामा बाघ फेला परेको हो ।

स्थानीयले बाघ मरेको जानकारी गराएपछि डिभिजन वन कार्यालय चितवनको टोलीले बाघलाई पोष्टमार्टमको लागि सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा पठाएको थियो । साँझ पोष्टमार्टम गरिएसँगै बाघलाई डिभिजन वन कार्यालयकै परिसरमा गाडिएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै बाघ मर्नुको कारणबारे जानकारी हुने जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय चितवनका अनुसार बाघ अन्दाजी दुई वर्ष उमेर समूहको रहेको छ । मृतक बाघको शरीरको लम्बाई २.८ मिटर रहेको छ । यस्तै बाघको पुच्छरको मात्र लम्बाई ०.७ मिटर, दाँतको माथिल्लो लम्बाई ०.२६ सेन्टिमेटर र दाँतको तल्लो लम्बाई १.८ सेन्टिमिटर रहेको छ । बाघको खुट्टाको उचाई ०.७ मिटर रहेको सूचना अधिकारी खनालले जानकारी दिनुभयो ।

सूचना अधिकारी खनालका अनुसार बाघ मृत अवस्थामा फेला पर्न थालेपछि सामुदायिक वन क्षेत्रमा गस्तीलाई बढाइएको छ । बाघ मरेको क्षेत्रमा सशस्त्र वन रक्षक पोष्ट नै रहेको भन्दै घटना हुनुको कारण बारे थप अनुसन्धान अघि बढाइएको बताउनुभयो । ‘हामीले सुक्ष्म अनुसन्धान अघि बढाएका छौँ, थप निगरानी र सुरक्षाको स्थितिलाई मजबुत बनाउने काम सबै कार्यालयसँग मिलेर गर्छौँ’–सूचना अधिकारी खनालले भन्नुभयो । चालु आर्थिक वर्ष पाटे बाघ मरेको यो पहिलो घटना हो । गतवर्ष पनि एउटा बाटे बाघ मृत भेटिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>