भिडियो

चर्चामा हेमन्तको ‘तिमी बाहेक मेरो कोही छैन’, दुई सातामा २ मिलियन भ्यूज

Banner

काठमाडौं, कार्तिक ८–

नेपालका सदाबहार चर्चित गायक हुन् हेमन्त शर्मा । समय सापेक्ष अनुरुप नै गीत बजारमा ल्याउने भएकाले गायक शर्माको चर्चा भइरहन्छ ।

उनै गायक शर्माले पछिल्लो पटक बजारमा ल्याएको ‘तिमी बाहेक मेरो कोही छैन’ बोलको गीत अहिले चर्चामा छ । दुई साता अघि गायक शर्माकै युट्युव च्यानलबाट सार्वजनिक सो गीतको भ्यूज २ मिलियन पार गरेको छ । गायक शर्मालाई युवा गायिका एलिना चौहानले साथ दिएकी छिन् । यस गीतमा गायक शर्माकै शब्द र संगीत रहेको छ ।

यो गीतसंगै भिडियो पनि निकै आकर्षक बनाईएको छ । भिडियोमा नायक पल शाह र रियासा दाहालको जोडी जमेको छ । भिडियोको निर्माण प्रकाश थापा र खिम थापाले गरेका छन् । भिडियोलाई नितिन चन्दले निर्देशन गरेका छन् भने नायक पल शाहले स्वंम भिडियोलाई सम्पादन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>