भिडियो

कृषि उद्यमी अधिकारी र रेग्मीको ‘हुन्न रहेछ परदेशमा’ सार्वजनिक (भिडियोसहित)

Banner

चितवन, असोज १६–

युवा कृषि उद्यमी श्रीकृष्ण अधिकारी र कमल रेग्मीको ‘हुन्न रहेछ परदेशमा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

श्रीकृष्ण अधिकारीको शब्दमा तयार पारिएको गीतमा कमल रेग्मीले स्वर भरेका छन् भने कमल रसाइलीको संगीत रहेको छ।
गीतको म्युजिक भिडिओमा श्रीकृष्ण अधिकारी र सारिका केसीले अभिनय गरेका छन्।

इजरालयमा ९ वर्षसम्म काम गर्दा भोगेको पीडालाई आफुले गीतमा उतारेको कृषि उद्धमी अधिकारीले बताए। विगत १ दशकदेखी अधिकारी आधुनिक कृषिका लागि आवश्यक पर्ने सामग्रीहरुको व्यापारमा संलग्न छन् ।

गीतका गायक रेग्मी पनि दुवई र कतार गरी ६ वर्ष विदेशीएका थिए । रेग्मी कृषिसँगै पर्यटन व्यवसायमा संलग्न छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>