Breaking News

अमेरिकामा कोरोना भाइरस : मृतक संख्या ८६ हजार ८ सय नाघ्यो, १४ लाख ५५ हजार संक्रमित

Banner

काठमाडौं, जेष्ठ २–

कोरोना भाइरसको महामारीले अमेरिकामा ८६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६७६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८६ हजार ८७३ पुगेको छ ।

उपचार गराइरहेका १० लाख ५२ हजार २० जनामध्ये १६ हजार २४० जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख १६ हजार ७२४ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार २७० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ५५ हजार ६१७ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>