अन्तर्राष्ट्रिय

फिलिपिन्समा आँधीका कारण १६ को मृत्यु

Banner

मनिला, पुस १०-

फिलिपिन्समा आएको आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिन आँधी आएको र उनीहरुको मृत्यु भएको अधिकारीहरुले बिहीबार जनाएका छन् ।

प्रतिघण्टा १९५ किलोमिटरको गतिमा आँधी आएको थियो । आँधीपछि फिलिपिन्समा विद्युत सेवा अवरुद्ध भएको थियो ।
मोबाईल फोन र इन्टरनेटको नेटवर्क बिहीबार बिहानसम्म पनि अवरुद्ध नै रहेको कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको जनाइएको छ।

खोजी तथा उद्धार कार्यमा संलग्न अधिकारीहरुका अनुसार फिलिपिन्सको मध्य भागमा पर्ने भिसायासमा आएको आँधीबाट अहिलेसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
आँधीका कारण भौतिक संरचनाहरुमा समेत क्षति पुगेको र सडकहरुमा पनि यातायातका लागि बाधा भएको बताइएको छ ।

त्यसैगरी विमानस्थलमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै उडान सेवा रद्ध गरिएको विमानस्थलका कर्मचारीहरुले जनाएका छन् ।
फिलिपिन्समा आँधी, भूकम्प र बाढीका कारण हरेक वर्ष सयौँको मृत्यु हुने गरेको छ । फिलिपिन्समा आएका आँधीहरु मध्ये सवैभन्दा धेरै क्षति सन् २०१३ मा आएको आँधीले गराएको थियो । उक्त समयमा ७ हजार ३ सय जनाको मृत्यु भएको थियो । रासस/एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>