खेलकुद
बक्सिङमा नेपाललाई ऐतिहासिक सफलता, मिनुले जितिन् स्वर्ण
०

काठमाडौं, मंसिर २३–
बक्सिङ खेलमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । राजधानीमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङमा मिनु गुरुङले स्वर्ण जित्दै नेपाललाई ऐतिहासिक सफलता दिलाएकी हुन् । आज भएको फाइनल प्रतिस्पर्धामा मिनुले श्रीलकंन र भारतीय खेलाडीलाई हराएकी हुन् ।
यससँगै उनी सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला बक्सर बनेकी छन् ।
साथै सागमा बक्सिङबाट नेपालको २० वर्षपछि पहिलो स्वर्ण हो । सन् १९९९ मा काठमाडौंमै भएको सागमा प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>