चितवन विशेष

फोनिज चितवनले मनायो २० औं स्थापना दिवस

Banner

चितवन, साउन २७–

वरिष्ठ पत्रकार एवंम नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर नेपालले आदिवासी जनजाति समुदायका पत्रकारहरुले आदिवासी जनजाति समुदायका भाषा, सँस्कृतिलाई उत्थान गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले २० औं स्थापना दिवसको अवरमा सोमबार भरतपुरमा गरेको ‘संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था’ विषयमा अन्तक्र्रिया, बधाई तथा सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार नेपालले विश्व समुदायले नेपालको आदिवासी जनजाति समुदायको अवस्थाको बारेमा अध्ययन गरिरहेका भन्दै यहाँका आदिवासी जनजाति समुदायको अवस्था, कला सँस्कृतिको बारेमा उजागर गर्नुपर्ने बताए । ‘पत्रकारहरुले आफ्नो समुदाय भित्रका महत्वपूर्ण विषयवस्तुलाई उजागर गर्नुपर्छ, यसले आदिवासी जनजातिको पहिचान स्थापना गर्न धेरै मद्धत पुग्छ’–उनले भने ।

वरिष्ठ पत्रकार नेपालले नेपालका मुलधारका मिडियामा समेत आदिवासी जनजाति पत्रकारको पहुँच पुगेकोमा खुशी व्यक्त गरे । यस्तै पत्रकार नेपालले वर्तमान सरकार नयाँनयाँ कानुन बनाउने नाउमा पत्रकारलाई बन्धनमा बाध्न खोजेको आरोप लगाए । यसतर्फ पत्रकारहरु सचते बन्नुपर्ने बताए । उनले पत्रकारहरु निष्पक्ष, स्वतन्त्र भएर कलम चलाउने वातावरण बन्नुपर्ने बताए ।

नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण गरिए पनि लागु गर्नमा समस्या आएको बताए । उनले ठूला मिडिया हाउसबाट नै न्यूनतम पारिश्रमिक लागू गराउन कठिन रहेको भन्दै पत्रकारहरुलाई नियुक्ती पत्र लिएर मात्र काम गर्न अनुरोध गरे ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका सचिव महेन्द्र दुराले सरकारले एकपछि अर्को गर्दै आदिवासी जनजातिको अधिकार कटौती गर्न थालेको भन्दै बिरोध गरे । उनले पछिल्लो समय लोकसेवा आयोगको विज्ञापन समावेशी नभएको भन्दै महासंघ आन्दोलनमा रहेको जानकारी दिँदै पत्रकारहरुलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय वरिष्ठ उपाध्यक्ष गजुरधन राई, देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा मगर, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्धय सृजना अर्याल, कृष्ण गिरी, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय सदस्य राजु चौधरी, नेवाः राष्ट्रिय पत्रकार दबूका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, प्रेस चौतरी चितवनका अध्यक्ष तीर्थ नेपाल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा फोनिज चितवनका संस्थापक अध्यक्ष एवंम वर्तमान सल्लाहकार सन्तकुमार चौधरीले चितवनका मिडियामा आदिवासी जनजाति पत्रकारको पहुँच, ‘संवैधानिक व्यवस्था र मिडियामा समावेशी’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

फोनिज चितवनकी उपाध्यक्ष सविता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम फोनिज चितवनका अध्यक्ष सन्दिप कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>