कृषि
भारतबाट आयात गरिएको आलुमा पनि विषादी भेटियो
०
बुटवल,असार २९-
भारतबाट आयात गरिएका आलुमा विषादी भेटिएको छ। बुटवलस्थित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला इकाइमा शुक्रबार परीक्षण गरिएको आलुमा खानै नमिल्ने विषादी भेटिएको हो।
प्रयोगशालाबाट भारतबाट आएका ५६ उपज दुई दिनमा परीक्षण गरिएको थियो। भन्सारको सिफारिसमा परीक्षण गरिएका आलुमध्ये दुईवटा ट्रकका आलुका नमुनामा विषादी भेटिएको हो। भारतबाट ल्याउन खोजिएका आलुका दुवै नमुनामा ३६ देखि ४५ रुकावट प्रतिशत देखिएको हो। ‘रुकावट प्रतिशत ३५ भन्दा कम आयो भने खान योग्य हुन्छ। ३६ देखि ४५ प्रतिशत भयो भने दुई/तीन दिन पर्खेर फेरि परीक्षण गर्नुपर्ने हुन्छ’, प्रयोगशाला प्रमुख रामबहादुर खत्रीले भने। प्रयोगशालामा अहिले धेरैजसो आलु प्याजको नमुना आइरहेको खत्रीले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>