क्रिकेट

दोस्रो टि–ट्वान्टीः मलेसियासामु नेपालले दियो १७४ रनको लक्ष्य, विनोद भण्डारीको अर्धशतक

Banner

काठमाडौं, असार २९–

मलेसियाविरुद्धको टि–ट्वान्टी सिरिज अन्तरगतको दोस्रो खेलमा नेपालले १७४ रनको लक्ष्य दिएको छ । किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनायो ।

नेपालका लागि विनोद भण्डारीले नटआउट विष्फोटक पारी खेल्दै ५१ रन बनाए । विनोदको अन्तराष्ट्रिय टि–ट्वान्टीमा पहिलो अर्धशतक हो । उनले २५ बलमा ५१ रन बनाए । विनोदले ५ छक्का र ३ चौका प्रहार गरे । यस्तै शरद भेषवाकरले पनि विष्फोटक पारी खेल्दै ४० रन बनाए । २८ बल खेलेका भेषवाकरले २ छक्का र ४ चौका प्रहार गरे ।

यस्तै कप्तान पारस खड्काले १३ बलमा २३ रन, रोहित पौडेलले १९, करन केसीले १० बलमा १६, पवन सराफ १० रनमा आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्लको व्याटिङ आज पनि चलेन् । उनी ७ रनमा आउट भए । यस्तै सोमपाल कामी एक रनमा अविजित रहे ।

मलेसियाका लागि फित्रि सामले महत्वपूर्ण ३ विकेट लिए । यसअघि सिरिजको पहिलो खेलमा नेपालले हिजो मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । आजको खेल जितेमा नेपालले पहिलो पटक टि–ट्वान्टी सिरिज क्लिनस्वीप गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>