चितवन विशेष

चितवनमा सुरक्षामा खटिएका प्रहरीनै अराजक: पदीय दुरुपयोग भएपछि घुमुवा प्रहरी हटे

Banner

चितवन, असार १७-

जिल्ला प्रहरी कार्यालय चितवनले सादा पोशाकमा सूचना सङ्कलनका लागि खटाइएका घुमुवा प्रहरी हटाएको छ । ती प्रहरीमध्ये कतिपयले पदको दुरुपयोग गरेको गुनासो बढेपछि छुट्टै विभागको गठन गरेर घुमुवा हटाइएको हो ।

कार्यालयमा प्रमुखका रुपमा प्रहरी उपरीक्षक दानबहादुर मल्ल आएपछि सूचना सङ्कलन तथा विश्लेषण शाखा स्थापना गरी घुमुवा प्रहरी हटाइएको हो । मल्लले गुनासो बढेपछि सादा पोशाकका ती प्रहरीलाई हटाएर फरक ढङ्गले प्रहरी परिचालन गरिएको जानकारी दिए ।

उनका अनुसार हालै स्थापना गरिएको शाखामा प्रहरी निरीक्षकको नेतृत्वमा विभिन्न पदका १२ जना अनुभवी प्रहरी परिचालन गरिएको छ । उनीहरु यसअघि अनुसन्धानमा खटिइसकेका र अनुभवी रहेको मल्लको भनाइ छ । उनीहरुलाई प्रहरी नायब उपरीक्षकले सुपरिवेक्षण गर्ने व्यवस्था मिलाइएको छ । क्षेत्र विभाजन गरेर शाखाका प्रहरी खटिने गरेका छन् । खटिएको ठाउँको विस्तृत विवरणसमेत उनीहरुले तयार गर्ने हुँदा काममा समेत छिटो र छरितो हुने गरेको प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिए । जसका कारण दोषीलाई समयमा म्याद थप गर्न र अनुसन्धान गर्न सहज भएको कोइरालाको भनाइ छ ।

प्रमुख मल्लले अहिले जिल्लामा घुमुवा प्रहरी परिचालन नभएकाले त्यसका नाममा पदको दुरुपयोग कसैले गरेमा तत्काल खबर गर्न सार्वजनिक रुपमा आह्वान गरिएको बताए । अहिले गठन गरिएको शाखाले अपराध अनुसन्धान महाशाखाले जस्तै गरी काम गर्ने जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>