इच्छकामना
पहिरोका कारण नारायणगढ-मुग्लिन सडक एकतर्फी
०

चितवन,जेठ १९ –
नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो । अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई/तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ । सो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>