चितवन विशेष

चितवनमा भन्सार छलेका सामानसहित ३ कन्टेनर नियन्त्रणमा

Banner

चितवन, वैशाख २९-

चितवनमा बिल विजक भन्दाबढी सामान बोकेका तीन कन्टेनर ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिल बिजक भन्दा बढीको लत्ता कपडा लगायतका सामानहरू लोड गरी पूर्वबाट चितवनतर्फ आउँदै गरेका ना ३ ख ४३४२, बाप्र ०१–००६ ख ३८२८ र ना ६ ख ८०३२ नम्बरको कन्टेनरलाई प्रहरीले आज बिहान साढे १२ बजे नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन एवं मातहतका प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका–१ लोथरबाट कन्टेनरहरु नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । उनका अनुसार बिल बिजक भन्दाबढी करिब एक करोड ३२ लाख ४० हजार ४०३ रुपैयाँको सामान भेटिएको छ ।

नियन्त्रणमा लिइएको कन्टेनरहरु माथि आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको भण्डारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>