अन्तर्राष्ट्रिय

मतदानका क्रममा झडप हुँदा भारतमा १ जनाको मृत्यु

Banner

नयाँ दिल्ली– भारतमा आम निर्वाचनको पहिलो चरण अन्तर्गत जारी मतदानमा आन्ध्र प्रदेशमा दुई प्रतिद्वन्द्वी पार्टीका कार्यकर्ताबीच झडप हुँदा १ जनाको ज्यान गएको छ ।

भारतको आन्ध्र प्रदेशको अनन्तपुर जिल्ला अन्तर्गत ताडिपत्री शहरमा क्षेत्रीय दलहरु तेलगूदेशम पार्टी र वाईएसआर काँग्रेस पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

झडपका क्रममा तेलगूदेशम पार्टीका कार्यकर्ता बताइने सिद्धभाष्कर रेड्डीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै आन्ध्र प्रदेशका अन्य निर्वाचन क्षेत्र र मतदान केन्द्रमा पनि वाईएसआर काँग्रेस पार्टी र तेलगूदेशम पार्टीका कार्यकर्ताबीच झडप भएको बताइएको छ ।
त्य
सबाहेक अन्य क्षेत्रमा भने शान्तिपूर्ण रुपमा नै मतदान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>