समाचार

बस दुर्घटनामा परी मलेसियामा २ नेपालीको मृत्यु, ३ जना गम्भीर घाइते

Banner

काठमाडौं– मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलभित्र काम गर्ने श्रमिक बोकेर विमानस्थल तर्फ जाँदै गरेको बस आइतवार राति दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये २ नेपाली पनि छन् ।

दुर्घटनामा परी बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारुको मृत्यु भएको मलेसियास्थित नेपाली  दूतावासले जानकारी दिएको छ । गम्भीर घाइते भएका अन्य ३ नेपालीको उपचार भइरहेको दूतावासले जनाएको छ ।

घटनाका बारेमा बुझ्न दूतवासको टोली अस्पतालमा पुगेको छ । दुर्घटनामा घाइते भएकोको पुत्राजय अस्पताल, सेरडाङ अस्पताल र बान्तिङ अस्पतालमा उपचार भइरहेको दूतवासले जानकारी दिएको छ ।

नेपाली, बाङ्लादेशी र इन्डोनेशियन कामदार चढेको गाडी विमानस्थल नजिकै सेपाअङ ठाउँमा दुर्घटनामा परेको थियो ।

८ जना विदेशी कामदार र चालकको घटनास्थलमा नै ज्यान गएको थियो भने थप एकजना विदेशी कामदारको अस्पतालमा उपचारका क्रममा ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।

४३ जना सवार बस पानीको निकासको नालामा खसेर दुर्घटना भएको जनाइएको छ। घाइते भएका ३० भन्दा बढीलाई विभिन्न अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>