अन्तर्राष्ट्रिय

सिरियामा सेना र विद्रोहीबीच भिडन्त, १३ जना मारिए

Banner

सिरिया– सिरियामा सरकारी सेना र सिरियाली विद्रोहीबीच भएको भिडन्तमा १३ जना मारिएका छन् । उत्तर पश्चिमी सिरियाको इडलिब र हामा प्रान्तमा भएका घटनामा अरु दर्जनौँ घाइते भएका छन् ।

सिरियाली युद्धको अनुगमन गर्दै आएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सिरियाको सरकारी सेनाले विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तका शरकिब र नेयरब गाउँमा गोलाबारी गरेको थियो ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सिरियाली सेनाको गोलाबारीमा ९ जना मारिएका थिए । त्यस्तै सिरियाली विद्रोहीले पनि सिरियाली सरकारको नियन्त्रणमा रहेको हामा प्रान्तस्थित अल मयसाफ गाउँमा गोलाबारी गरेका थिए ।

विद्रोहीको गोलाबारीमा ४ जना मारिएको बताइएको छ । पछिल्लो समय रुस र टर्कीबीच उत्तर पश्चिमी सिरियामा हिंसा अन्त्य गर्ने विषयमा भएको सम्झौता अनुसार पछिल्लो समय त्यहाँ हिंसात्मक घटनामा कमी आएपनि गोलाबारीका पछिल्ला घटनाले त्यहा हिंसा बढ्नेमा चिन्ता व्यक्त गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>