क्रिकेट

बिराटको बैंगलोरविरुद्ध मैदानमा सन्दीप, लय कायम राख्न सक्लान् ?

Banner

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध दिल्लीको पहिलो रोजाइमा परेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा छैठौं खेल खेल्न लागेको दिल्लीको प्लेइङ ११ सन्दीप परेका हुन् ।

बैंगलोरको घरेलु मेदानमा हुन लागेको खेलमा दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ । यो सिजनमा लय समात्न नसकेको बैंगलोरले घरेलु मैदानमा दिल्लीविरुद्ध जितको लक्ष्य बनाएको छ ।

यसअघिका दुई खेलमा जीत हात पारेको दिल्लीको पछिल्ला खेलहरुमा ब्याटिङ कमजोर देखिएको छ । नेपाली फ्यानहरुका लागि बैंगलोरविरुद्ध दिल्लीका पहिलो रोजाइमा परेका स्पिनर सन्दीपले आफ्नो लय कायम गर्न सक्लान् ? भन्ने प्रश्न मुख्य बनेको छ ।

दिल्लीको टिम:
इशान्त शर्मा, राहुल तेवतिया, अजर पटेल, पृथ्वी श्वा, शिखर धवन, श्रयस अय्यर (कप्तान), रिसभ पन्त, कागिसो रबाडा, सन्दीप लामिछाने, क्रिस मोरिस, कोलिन इनग्राम

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>