Breaking News

चितवनमा मोटरसाइकल अनियन्त्रित भई घरमा ठोक्किदा दुई जनाको मृत्यु

Banner

चितवन, वैशाख २०-

चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल अनियन्त्रित भई घरमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–३ बन्सी बस्ने २२ वर्षीय जीवन चौधरी र सोहि ठाउँ बस्ने १८ वर्षीय सुमित महतो रहेको प्रहरीले बताएको छ ।

बुधवार राति ११ः५५ बजेको समयमा रत्ननगर–४ वडा कार्यालय नजिक भित्री सडक खण्डमा जीवनले चलाएको ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किन पुगेको थियो ।

घरको भित्तामा ठोक्किएर गम्भिर घाइते भएका मोटरसाइकल चालक जीवन र मोटरसाइकलको पछाडि सवार सुमितको गएराति १२ः५५ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । मृतक दुवै जनाको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

मोटरसाइकल ठोक्किएर घरको भित्तामा समेत क्षति पुगेको भण्डारीले बताए । घटनाको विषयमा इलाका प्रहरी कार्यालय टाँडीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>