खेलकुद

सन्दीपको मुद्दा आजपनि ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि रचनाले लेखिन्: कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ

Banner

काठमाडौं, वैशाख २३-

सन्दीप लामिछानेको मुद्दा सुनुवाइमा विलम्ब भएपछि गायिका रचना रिमालले असन्तुष्टि पोखेकी छन् ।

आइतबार पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ सूचीमा मुद्दा परेपछि उनले ‘दोषी भए सजाय देऊ, नभए विश्वकप खेल्न देऊ’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी हुन् ।

आइतबार सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो ।

पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो । अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो ।
उनको भनाई यस्तो छः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>