चितवन विशेष

गृहमन्त्री रवि लामिछानेको सल्लाहकारमा सुशासन विज्ञ डा. भरतमणि देवकोटा

Banner

चितवन, वैशाख २३–

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सल्लाहकारमा सुशासन विज्ञ डा भरतमणि देवकोटालाई नियुक्त गरेका छन् ।

डा. देवकोटा अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनमा दुई दशकभन्दा बढी काम गरेको अनुभव भएका व्यक्तित्व हुन् । उनले थुप्रै देशमा सेभ द चिल्ड्रेनको कन्ट्री डाइरेक्टरको जिम्मेवारी निभाइ सकेका छन् ।

डा. देवकोटाले व्यवस्थापन विषयमा अमेरिकाको वासिङ्टन इन्टरनेसनल युनिभर्सिटीबाट पीएचडी गरेका छन् । उनीसँग विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थामा काम गरेको अनुभव छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका प्रमुख थिए । रविको सचिवालयमा तानिएपछि सचिवालयमा कार्यवाहक प्रमुखको जिम्मेवारी यज्ञमणि न्यौपानेलाई दिइएको पार्टीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>