अपराध

मादक पदार्थ सेवन गरी प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ

Banner

काठमाडौं, वैशाख २३-

स्याङ्जामा प्रहरी कुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। शनिबार राति साढे १० बजे वालिङ नगरपालिका वडा नम्बर १३ बायाँटारीस्थित झोलुंगे बजारमा झडप भएको थियो।

मादक पदार्थ सेवन गरी दुई पक्षबीच झडप भएको भन्ने खबर प्रहरीले प्राप्त गरेको थियो। उक्त खबरपछि प्रहरी चौकी थुमपोखराका प्रहरी सहायक निरीक्षक मनोज सिंहसहित तीन जनाको टोली खटिएको थियो। टोलीले झडप गर्नेहरूलाई सम्झाउन खोज्दा उल्टै प्रहरीमाथि कुटपिट गरेको डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

कुटपिटबाट सिंह घाइते समेत भएका छन्। उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।

उनीमाथि कुटपिट गरेको आरोपमा वालिङ(१२ कोखेका २८ वर्षीय रविन गुरूङ, २५ वर्षीय काजी गुरूङ र २४ वर्षीय सुदिप गुरूङ पक्राउ परेका छन्।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। प्रतिकात्मक फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>