Breaking News

चक्रवातको गति र शक्तिका आधारमा आठ तहमा वर्गीकरण, २२२ किलोमिटर प्रतिघण्टाभन्दा बढी हावालाई सुपर चक्रवाती आँधी मानिने

०
Banner

काठमाडौं ,कात्तिक ११ –

नेपाल मौसम विज्ञान विभागले न्यून चापीय क्षेत्रदेखि सुपर चक्रवाती आँधीसम्मको वर्गीकरण हावाको अधिकतम निरन्तर गति (Wind Speed) का आधारमा गरेको छ। विश्व मौसम विज्ञान संगठन (WMO) को मापदण्डअनुसार चक्रवातको तीव्रता आठ तहमा वर्गीकरण गरिएको छ।

विभागले सार्वजनिक गरेको वर्गीकरणअनुसार हावाको गति १७ नटभन्दा कम हुँदा न्यून चापीय क्षेत्र मानिन्छ। हावाको गति बढ्दै जाँदा प्रणाली डिप्रेसन, डीप डिप्रेसन, चक्रवाती आँधी हुँदै अझ शक्तिशाली चक्रवातका रूपमा विकसित हुन्छ।

हावाको गतिअनुसार चक्रवातको वर्गीकरण

न्यून चापीय क्षेत्र (Low Pressure Area): १७ नटभन्दा कम अर्थात् ३२ किलोमिटर प्रतिघण्टाभन्दा कम।

डिप्रेसन (Depression): १७–२७ नट अर्थात् ३२–४९ किलोमिटर प्रतिघण्टा।

डीप डिप्रेसन (Deep Depression): २८–३३ नट अर्थात् ५०–६२ किलोमिटर प्रतिघण्टा।

चक्रवाती आँधी (Cyclonic Storm): ३४–४७ नट अर्थात् ६३–८८ किलोमिटर प्रतिघण्टा।

शक्तिशाली चक्रवाती आँधी (Severe Cyclonic Storm): ४८–६३ नट अर्थात् ८९–११७ किलोमिटर प्रतिघण्टा।

अति शक्तिशाली चक्रवाती आँधी (Very Severe Cyclonic Storm): ६४–८९ नट अर्थात् ११८–१६६ किलोमिटर प्रतिघण्टा।

अत्यन्त शक्तिशाली चक्रवाती आँधी (Extremely Severe Cyclonic Storm): ९०–११९ नट अर्थात् १६७–२२१ किलोमिटर प्रतिघण्टा।

सुपर चक्रवाती आँधी (Super Cyclonic Storm): १२० नट वा सोभन्दा बढी अर्थात् २२२ किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढी।

तीव्र चक्रवातले निम्त्याउन सक्छ ठूलो क्षति

हावाको गति बढ्दै जाँदा चक्रवातको विनाशकारी क्षमता पनि बढ्दै जान्छ। विशेषगरी अति शक्तिशाली र सुपर चक्रवाती आँधीले भवन, विद्युत् संरचना, सञ्चार प्रणाली तथा यातायातमा ठूलो क्षति पुर्‍याउन सक्छ। समुद्री क्षेत्रमा यस्ता प्रणालीले उच्च छाल र तटीय बाढीको जोखिमसमेत बढाउँछन्।

मौसम प्रणालीको अवस्था र हावाको गतिमा हुने परिवर्तनका आधारमा चक्रवातको वर्गीकरण परिवर्तन हुन सक्छ। त्यसैले मौसमसम्बन्धी आधिकारिक पूर्वानुमान र चेतावनीलाई ध्यान दिनु आवश्यक हुन्छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>