Breaking News
हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा
०

काठमाडौं, कात्तिक १० –
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्न आगामी मंसिरमा एकमहिने संवाद अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।
पोखरामा मंगलवार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले वर्षौँदेखि काँग्रेससँग जोडिएका तर पछिल्लो समय पार्टीलाई मतदान नगरेका मतदातासँग संवाद गर्नुपर्ने बताउनुभएको हो । मतदाताले काँग्रेसलाई मत नदिनुको कारण खोज्नुपर्ने उल्लेख गर्दै उहाँले उनीहरूको घरमै पुगेर गुनासा सुन्न र प्रश्नको जवाफ दिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























