मनोरञ्जन
कर प्रणालीमा पारदर्शिता बढाउन बिल लिने बानी बसाल्न दीपाश्री निरौलाको आह्वान

काठमाडौं, कार्तिक १ –
अभिनेतृ दीपाश्री निरौलाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीले उपभोक्तालाई सचेत बनाउनुका साथै राज्यको कर प्रणालीलाई निष्पक्ष र पारदर्शी बनाउन मद्दत पुग्ने बताउनुभएको छ ।
आइतबार आयोजित ‘करदाता प्रोत्साहन कार्यक्रम’ अन्तर्गतका विजेता घोषणा सभामा बोल्दै निरौलाले उपभोक्ताहरूलाई सचेत भई खरिद बिल लिन आग्रह गर्नुभएको हो । नियमित बिल लिने उपभोक्ताहरूमध्येबाट १६ जना सामान्य विजेता र एक जना मुख्य बम्पर विजेताको नाम सार्वजनिक गरिएको छ । कार्यक्रममा सहभागी एक उपभोक्ताले ३ हजार रुपैयाँ बराबरको खरिद बिलमार्फत १० लाख रुपैयाँको मुख्य पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा बोल्दै अभिनेतृ तथा निर्देशक निरौलाले कर प्रोत्साहन प्रणालीमा कुनैपनि पक्षपात वा व्यक्तिगत पहुँच नचल्ने र पूर्ण रूपमा प्रविधिमा आधारित पारदर्शी प्रणालीले काम गरिरहेको बताउनु भयो । अभिनेतृ दीपाश्री निरौलाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीले उपभोक्तालाई सचेत बनाउनुका साथै राज्यको कर प्रणालीलाई निष्पक्ष र पारदर्शी बनाउन मद्दत पुग्ने बताउनुभएको छ । आईतवार आयोजित ‘करदाता प्रोत्साहन कार्यक्रम’ अन्तर्गतका विजेता घोषणा सभामा बोल्दै निरौलाले उपभोक्ताहरूलाई सचेत भई खरिद बिल लिन आग्रह गर्नुभएको हो ।
नियमित बिल लिने उपभोक्ताहरूमध्येबाट १६ जना सामान्य विजेता र एक जना मुख्य बम्पर विजेताको नाम सार्वजनिक गरिएको छ । कार्यक्रममा सहभागी एक उपभोक्ताले ३ हजार रुपैयाँ बराबरको खरिद बिलमार्फत १० लाख रुपैयाँको मुख्य पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा बोल्दै अभिनेतृ तथा निर्देशक निरौलाले कर प्रोत्साहन प्रणालीमा कुनैपनि पक्षपात वा व्यक्तिगत पहुँच नचल्ने र पूर्ण रूपमा प्रविधिमा आधारित पारदर्शी प्रणालीले काम गरिरहेको बताउनु भयो ।























