राजनीति

नेपाली काँग्रेस निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण

०
Banner

काठमाडौं, असोज ३१-

नेपाली काँग्रेस केन्द्रिय निर्वाचन समितिले १५ औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा संकलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रिय कार्यसमितिलाई हस्तान्तरण गरेको छ ।

पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई आर्थिक अभाव नहोस् भन्ने उद्देश्यले सो रकम बराबरको चेक हस्तान्तरण गरिएको निर्वाचन समितिले जनाएको हो । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सम्पन्न भएपछि केन्द्रिय निर्वाचन समितिको खातामा जम्मा भएको मौज्दात रकमबाट १ करोड रुपैयाँ पार्टी केन्द्रीय कार्यालयलाई हस्तान्तरण गरिएको हो ।

निर्वाचन समितिले निर्वाचन सम्पन्न गर्ने क्रममा संकलित कुल रकमको हिसावकिताव टुंग्याउने कार्य जारी रहेको जनाएको छ । निर्वाचन समितिका पदाधिकारीहरूले महाधिवेशनका क्रममा कुनैपनि किसिमको व्यक्तिगत पारिश्रमिक वा भत्ता नलिई स्वयंसेवी रूपमा कार्यसम्पादन गरेको स्पष्ट पारेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>