Breaking News
कांग्रेस सभापति गगन थापाको शपथग्रहण आज
०

काठमाडौं,असोज ३१-
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार ग्रहण गर्ने हुनुभएको छ । कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहाली कार्यक्रम आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार महाधिवेशनको मतगणना सम्पन्न भएपछि नवनिर्वाचित सभापतिको पदबहाली कार्यक्रम तय गरिएको हो। सभापति बाहेक निर्वाचित सबैको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम दशैं पछि हुने बताइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























