राजनीति

कांग्रेसले स्पष्ट धारणा बनाए नेपालको राजनीतिक अन्योल हटाउन मद्दत पुग्छः हरि शर्मा

०
Banner

काठमाडौं, असोज ३० –

राजनीतिक विश्लेषक हरि शर्माले नेपाली कांग्रेसले निश्चित विषयमा आफ्नो धारणा स्पष्ट गर्दै गएमा नेपालको राजनीतिक अन्योल हटाउन मद्दत पुग्ने बताएका छन् ।

बौद्धिक पेशाकर्मी अभियान परिषद्ले आयोजना गरेको बडादशैं, तिहार तथा छठ पर्व २०८३ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै शर्माले नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको धरोहर भएको बताए ।

उनले नेपाली कांग्रेसको इतिहासलाई हेर्दा पार्टीले लिने राजनीतिक अडानले मुलुकको अवस्थालाई समेत प्रभावित पार्ने गरेको उल्लेख गरे ।

‘नेपाली कांग्रेस भनेको नेपालको लोकतन्त्र, प्रजातन्त्रको आन्दोलनको धरोहर हो । यो जबजब थिग्रिन्छ, तबतब मुलुकले बाटो पाउँछ,’ उनले भने ।

शर्माले नेपाली कांग्रेसले आफ्नो राजनीतिक अडानमार्फत विभिन्न विषयमा देखिने द्विविधा अन्त्य गर्न भूमिका खेल्न सक्ने बताए ।

कांग्रेसले आफ्नो धारणा स्पष्ट पार्दै गएमा अहिले खलबलिएको नेपालको राजनीतिलाई आधार दिन र स्थिरतातर्फ अघि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसको हालै सम्पन्न अधिवेशनको परिणाम आउन बाँकी रहेको उल्लेख गर्दै शर्माले आफू पार्टीको सक्रिय सदस्यसमेत नरहेको स्पष्ट पारे ।

‘म नेपाली कांग्रेसको सक्रिय सदस्य पनि छैन, मेम्बरशिप पनि लिएको छैन, तर नेपाली कांग्रेसको कुनै इतिहासको कालखण्डलाई हेरेर आयौँ भने, उसले कुनै एउटा पोजिसन लिन्छ भने त्यो पोजिसनले राष्ट्रको पोजिसनलाई जनाउँछ । नेपाली कांग्रेस जहाँ उभिन्छ, त्यहाँ कुनै किसिमका द्विविधाहरूको अन्त्य गर्नका लागि उभिन्छ। नेपाली कांग्रेस एउटा पार्टीको हैसियतले जुन किसिमको परिस्थितिबाट आएको छ, त्यसले निश्चित विषयहरूमा आफ्नो धारणा स्पष्ट गर्दै गयो भने नेपालको खलबलिएको राजनीतिलाई आधार दिन्छ,’ उनले भने ।

उनले पार्टीको सदस्य नभए पनि नेपाली कांग्रेसले नेपालको राजनीतिक तथा लोकतान्त्रिक प्रक्रियामा खेल्ने भूमिकाका कारण यसको अवस्थाबारे आफ्नो धारणा राखेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>