Breaking News

पाकिस्तानका उसामा मिरले चितवन राइनोजबाट एनपिएल खेल्न

०
Banner

काठमाडौँ, असोज ३० –

पाकिस्तानका बलर उसामा मिरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजबाट खेल्ने भएका छन् ।

चितवनले सामाजिक सञ्जालमार्फत मिरलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो । उनको आगमनले टोली थप बलियो बनेको समेत चितवनले जनाएको छ । ३० वर्षीय मिर पाकिस्तानका अनुभवी स्पिनर हुन् ।

दायाँहाते लेग स्पिन बलिङ गर्ने उनले सन् २०२३ मा न्युजील्यान्डविरुद्ध एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटबाट पाकिस्तानको राष्ट्रिय टोलीमा पदार्पण गरेका थिए ।

उहाँले पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय दुवै प्रारूपमा खेलेका छन् । मिरले १२ एकदिवसीय र पाँचवटा टी–२० आई खेलमा प्रतिस्पर्धा गरेका छन् ।

पाकिस्तान सुपर लिग (पिएसएल), बिग बास लिग (बिबिएल), बङ्लादेश प्रिमियर लिग (बिपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल) लगायत प्रतिष्ठित व्यावसायिक लिगसमेत उहाँले खेलिसक्नुभएको छ । एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>