Breaking News

कांग्रेस महाधिवेशनः दिउँसो २ः३० बजेसम्म ३ हजार ७५४ मत खस्यो

०
Banner

काठमाडौँ , असोज २३ –

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो २ः३० बजेसम्म ३ हजार ७५४ मत खसेको छ ।

निर्वाचन समितिका अनुसार विभिन्न प्रदेश तथा समूहमा तोकिएका मतदान केन्द्रमा मतदान जारी छ । कुल ७ हजार ३१७ प्रतिनिधिमध्ये अहिलेसम्म ३ हजार ७५४ जनाले मतदान गरेका छन् ।

दिउँसो २ः३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा १ हजार २०७ प्रतिनिधिमध्ये ६१३, मधेसमा १ हजार २३४ मध्ये ५९०, सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क समितितर्फका २ हजार ४५७ मध्ये ७३३ जनाले मतदान गरेका छन्।

त्यस्तै, लुम्बिनीमा १ हजार ७९ प्रतिनिधिमध्ये ५७९, गण्डकीमा ७८७ मध्ये ५०७ र बागमतीमा १ हजार ४९१ मध्ये ७३२ जनाले मतदान गरेका छन् ।

निर्वाचन समितिले यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकेको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पु¥याएको छ। मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन रहेकाले समय थप गरिएको हो।

मतदान निर्वाध रूपमा चलिरहेको निर्वाचन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>