राजनीति

‘पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई सम्बोधन गर्नसक्ने क्षमता राख्छु’–उदयशमशेर राणा

०
Banner

काठमाडौं, असोज २१ –

नेपाली काँग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष उदयशम्शेर राणाले आसन्न १५ औं महाधिवेशनमा महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई थप गतिशील बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको जिकिर गर्नुभएको हो । नेता राणाले आफू व्यक्तिगत स्वार्थभन्दा पनि सिङ्गो तरुण पंक्तिको प्रतिनिधित्व गर्दै महामन्त्रीको दौडमा रहेको बताउनु भयो । राणाले आफ्नो विगतको कार्यक्षमतालाई दाबीको आधार बनाउनु भयो । तरुण दलको नेतृत्व गर्दा ललितपुरमा पार्टीले हासिल गरेको चुनावी सफलतालाई स्मरण गर्दै उनले आफ्नो छवि स्वच्छ र प्रभावकारी रहेको दाबी गर्नुभयो । पार्टीभित्र देखिएको गुटगत असन्तुष्टि र असहमतिलाई सम्बोधन गर्दै राणाले सबै पक्षलाई मूलधारमा समेटेर लैजान सक्ने क्षमता आफूमा रहेको जिकिर गर्नुभयो । उहाँले जिल्ला र प्रदेश स्तरका आफ्ना समर्थक तथा तरुण दलका साथीहरूलाई आफ्नो उम्मेदवारीलाई जिताउन सक्रिय लाग्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म केवल उदयशम्शेरको रूपमा उठेको होइन, तरुण दलको पूर्व अध्यक्ष र युवाहरूको प्रतिनिधिको हैसियतले उम्मेदवारी दिएको हुँ । तरुण साथीहरूको साथ र सहयोग मेरो मुख्य शक्ति हो । मैले तरुण दलको अध्यक्ष हुँदा ललितपुरमा काँग्रेसलाई क्लिन स्विप गराएको इतिहास छ । त्यही अनुभव र आत्मविश्वासका साथ म महामन्त्रीको जिम्मेवारी सम्हाल्न तयार छु ।’

पार्टीभित्र युवाहरूको ऊर्जालाई संगठित गर्दै वैचारिक र सांगठनिक सुधार गर्न आफू सक्षम रहेको उहाँको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>