राजनीति

जलवायु परिवर्तनअनुकूल पूर्वाधार निर्माणका लागि नीति परिवर्तन आवश्यकः मन्त्री लम्साल

०
Banner

काठमाडौं, असोज २० –

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जलवायु परिवर्तनका कारण हुने विपद्को जोखिम न्युनिकरण गर्न पूर्वाधार निर्माण तथा व्यवस्थापनसम्बन्धी नीति परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सिंहदरबारमा आयोजित ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति’को बैठकमा उहाँले विद्यमान नीति तथा मापदण्ड परिवर्तन गर्नुपर्ने बताउनुभएको हो । उहाँले सरकारले जलवायुमैत्री पूर्वाधार निर्माणको लागी आवश्यक कानुन निर्माण गर्न तयारी गरिरहेको बताउनु भयो । सरकारले जलवायु परिवर्तनका कारण बढ्दो बाढी, डुबान, नदी कटान तथा खडेरीका जोखिमलाई ध्यानमा राख्दै पूर्वाधार निर्माण तथा विपद् व्यवस्थापनसम्बन्धी नीति र कानुनी व्यवस्था परिवर्तन गर्ने उहाँको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>