राजनीति
संसदीय सुनुवाई समितिले राजदूतहरूको सुनुवाइ दशैँअघि नै गर्ने
०

काठमाडौं, असोज २० –
संसदीय सुनुवाई समितिले प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई दशैँअघि नै सम्पन्न गर्ने निर्णय गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले असोज २६, २७ र २८ गतेको समयतालिका तय गर्दै सुनुवाई प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकालेको हो । संसदीय सुनुवाई समितिको बैठकमा प्रश्तावित राजदुतहरूको नियुक्तिको समयतालिकाबारे सांसदहरूबीच लामो छलफल भएको थियो । केही सदस्यहरूले चाडपर्वको समय र जिल्ला भ्रमणको कार्यतालिकालाई ध्यानमा राख्दै सुनुवाई दशैँपछि गर्नुपर्ने धारणा राखेका थिए ।
यद्यपि कुटनीतिक नियोगहरूमा राजदुतको अभावले पारेको असर र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै सुनुवाई छिटो टुंग्याउनुपर्नेमा समिति सहमत भएको हो । छलफलका क्रममा सांसदहरूले सुनुवाई प्रक्रियालाई केवल औपचारिकतामा सिमित नराख्ने प्रतिवद्धता जनाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























