राजनीति

कांग्रेसमा ३५ वर्षमूनिको युवा समूहबाट सुशील भट्टको उम्मेदवारी, नयाँ जोश र सोचका साथ काम गर्ने प्रतिवद्धता

०
Banner

काठमाडौं, असोज २० –

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमार्फत केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका सुशील भट्टले अग्रज पुस्ताको अनुभव र युवा पुस्ताको जोशलाई जोड्न आफू पुलको काम गर्ने बताए ।

उनले आफ्नो उम्मेदवारी प्रश्न खोज्ने होइन उत्तर खोज्नेहरुका लागि भएको पनि बताए । नेपाली कांग्रेसको विशेष महाधिवेशन जेनजी आन्दोलनको जगमा भएको र सोही अनुरुप १५ औं महाधिवेशनसम्म आइपुगेको उल्लेख गर्दै कांग्रेसमा नयाँ जोश, नयाँ सोच र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्नुपर्ने बताए ।

लामो समय विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आफूलाई अघि सारेका भट्ट काठमाडौं क्षेत्र नं ७ बाट महाधिवेशन प्रतिनिधि बनेका हुन् ।

३५ वर्षमूनिको युवा समूहबाट खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका उनले सिंगो कांग्रेसलाई आफ्नो टिमका रूपमा लिएको पनि बताए ।

नेविसंघको जहाँ स्कुल त्यहाँ नेविसंघ–२०६५ अभियानमा काम गरेका उनी ग्रामीण आदर्श बहुमुखी क्याम्पस नेविसंघ इकाइको पूर्वसभापति पनि हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>