राजनीति
संसद केवल बजेट माग्ने थलो होइन, ढुकुटी भर्ने नीति निर्माणको थलो बन्नुपर्छः सांसद लामिछाने
०

काठमाडौं, असोज १६ –
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले सांसदहरूको भुमिका केवल आफ्नो निर्वाचन क्षेत्रका लागि बजेट माग्नेमा मात्र सिमित हुन नहुने बताउनुभएको छ ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सांसदहरूले राष्ट्रिय ढुकुटी भर्ने नीति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको हो । सांसद लामिछानेले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि बजेट माग्नु स्वभाविक भएपनि राष्ट्रिय अर्थतन्त्रको अवस्थाबारे गम्भीर हुन आवश्यक रहेको औँल्याउनु भयो । -न्युज एजेन्सी नेपाल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























