राजनीति
वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
०

काठमाडौं, असोज १६ –
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मेडिकल शिक्षाको नाममा चरम बेथिति र नक्कली प्राध्यापक खडा गरी ‘गोरखधन्दा’ चलाइएको भन्दै संसदमा प्रश्न उठेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै कलेज प्रशासनको गैरकानुनी गतिविधिले विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद अन्सारीकाअनुसार नेशनल मेडिकल कलेजले झन्डै २५ जना नक्कली प्राध्यापक खडा गरी पोस्ट ग्राजुएट (पीजी) सिट लिएको छ ।
कलेजको यस्तो अवैध धन्दाविरुद्ध आवाज उठाउने विद्यार्थीहरूलाई विगत १० दिनदेखि होस्टेलबाट निकालिनुका साथै कलेज प्रवेशमा समेत रोक लगाइएको छ । न्युज एजेन्सी नेपाल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























