राजनीति

‘प्रधानमन्त्रीज्यू, नेपालले भारतको कति भूभाग मिचेको रहेछ, तथ्यांक निकाल्नुभयो ?’ सांसद रिजाल

०
Banner

काठमाडौं, असोज १५ –

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद घनश्याम रिजालले सरकारको परराष्ट्र कुटनीति, शासन सञ्चालन तथा गैरकानूनी धरपकडको विषयलाई लिएर सरकारको चर्को आलोचना गर्नुभएको छ ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद रिजालले सरकारको कार्यशैलीप्रत्ति आपत्ति जनाउँदै आलोचना गर्नुभएको हो । उहाँले नेपालले भारतको कति सीमा मिचेको रहेछ ?भन्दै शुरुमै प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्नुभयो ।

उहाँले मिचेको नभेटिए संसदमा आएर क्षमायाचना गर्न समे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराउनु भयो । सांसद रिजालले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा प्रधानमन्त्रीको अन्य देशका सरकार प्रमुखसँग द्विपक्षीय साइडलाइन वार्ता हुन नसकेको विषयमा पनि प्रश्न उठाउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>