राजनीति
बालेन्द्र सरकार संविधानअनुसार बनेको हो कि होइन ?: काँग्रेस सांसद खाती
०

काठमाडौँ, असोज १५-
नेपाली काँग्रेसका सांसद खम्मबहादुर खातीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई गरिएको गिरफ्तारीबारे सरकारसँग जवाफ माग गर्नुभएको छ ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले सरकार संविधान र विधिको शासनअनुरुप नचलेको आरोप पनि लगाउनु भयो । उहाँले यो सरकार संविधान बमोजिम बनेको हो कि होइन ? भन्दै प्रश्न पनि गर्नुभयो । संविधानअनुसार बनेको सरकारले संविधानको कार्यान्वयन गर्नुपर्नेमा सरकार त्यसतर्फ अघि बढ्न नसकेको उहाँको भनाइ छ ।
सांसद खातीले पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ गर्नुको कारणबारे प्रधानमन्त्री तथा गृहमन्त्रीले संसदमा जवाफ दिन रुलिङको माग गर्नुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























