राजनीति

सांसदको औचित्यमाथि एआईको चुनौतीः प्रविधिसँग प्रतिस्पर्धा गर्ने कि रूपान्तरण हुने ?

०
Banner

काठमाडौँ, असोज १५ –

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद खुशबु सरकार श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावले जनप्रतिनिधिको औचित्यमाथि नै प्रश्न खडा गरेको बताउनुभएको छ ।

बिहीवारको बैठकमा उहाँले प्रविधिको विकासले सांसदहरूलाई विस्थापित वा असान्दर्भिक बनाउन सक्ने भन्दै समयमै सचेत हुन सदनको ध्यानाकर्षण गराउनुभएको हो । सांसद श्रेष्ठले एआईलाई एउटा यस्तो शक्ति भन्नुभएको छ जसलाई न त पार्टीको झण्डा चाहिन्छ, न त चुनावी क्षेत्र र कार्यकर्ता नै ।

उहाँकाअनुसार एआईले सूचना संकलन, तथ्यांक विश्लेषण र नीति निर्माणमा मानिसभन्दा कैयौँ गुणा छिटो काम गर्न सक्ने क्षमता राख्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>