Breaking News

विपद्को घडीमा आरोप–प्रत्यारोप होइन, तथ्यमा आधारित समीक्षा र रचनात्मक सहकार्य आवश्यकः गणेश पराजुली

०
Banner

काठमाडौँ, असोज १५ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद् व्यवस्थापनमा आरोप–प्रत्यारोपभन्दा माथि उठेर रचनात्मक सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्रभावित नागरिकको घाउमा मलम लगाउन र पुनर्निर्माणलाई तिब्रता दिन तीनै तहका सरकारका साथै प्रतिपक्ष दल र नागरिक समाजको एकीकृत प्रयास आवश्यक रहेको बताउनुभएको हो ।

नेता पराजुलीले पछिल्लो समय जलवायु परिवर्तनका कारण आएको बाढी, पहिरो र डुबानले सिर्जना गरेको त्रासदीपूर्ण अवस्थाको समीक्षा गर्दै यसलाई केवल मौसमी घटनाका रूपमा मात्र लिन नहुने बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>