Breaking News

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछः गृहमन्त्री गुरुङ

०
Banner

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको हेलिकप्टर उद्धारका लागि १५ अर्ब रुपैयाँ खर्च भएको भनि आएको विषयमा कुनै सत्यता नरहेको बताउनुभएको छ ।

बुधबार सिंहदरबारमासञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँलेहालसम्म बाढी प्रभावित नागरिकको हेलिकप्टर उद्धारका १४ करोड रुपैयाँ मात्र खर्च भएको विवरण प्राप्त भएको बताउनुभयो । यद्धपी नेपाली सेनाले खर्च विवरण पठाउन बाँकी रहेको उहाँको भनाइ छ । उहाँल विपद् प्रतिकार्यमा सरकार अझै पनि क्रियाशील रहेको बताउनुभयो । उहाँले नुवाकोट लगायतका स्थानमा सुत्केरी, गर्भवती महिला र बालबालिकाहरूलाई एउटै होल्डिङ सेन्टरमा राख्दा भएको असहजता र कमजोरीलाई सरकारले गम्भीरतापूर्वक लिएको पनि बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘हेलिकप्टर उद्धारका १५ अर्ब खर्च भएको कुराहरु आइराखेको छ । बिलसहित नै १५ अर्ब भनेर भनिरहेको छ । तर वास्तविक २० करोड रहेछ । १४, १५ करोड खर्च भएको विवरण बिलसहित प्राप्त भएको छ । नेपाल आर्मी आउन बाँकी छ । हामीले वृहत रुपमा एउटा नागरिकको लागि लागि खोज र उद्धार गरेका हौँ । हामी नागरिकप्रति जवाफदेही त हुनुपर्यो नि । अर्बौँ खर्च भएको रहेनछ । हामीसँग बिल छ ।’

उहाँले विपद् प्रतिकार्यमा सरकारले गरेको कामको गम्भीर समीक्षा गरिने पनि बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>