राजनीति

सामाजिक सञ्जालको दुरुपयोग रोक्न बलियो कानूनी आधार तयार गरिँदैः सञ्चारमन्त्री तिमिल्सिना

०
Banner

काठमाडौँ, असोज १४ –

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग गरी भइरहेको ठगी, ह्यारेसमेन्ट र भ्रामक सूचना संप्रेषणको समस्यालाई सम्बोधन गर्न सरकारले विशेष कानूनी ढाँचा निर्माण गरिरहेको बताउनुभएको छ ।

संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमा हुने बुलिङ र चरित्र हत्याका घटनाहरू मन्त्रालयको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभएको हो । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले सरकारले तर्जुमा गरिरहेको आम सञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकमा गलत र भ्रामक सूचना प्रवाह गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने प्रावधानहरू समेटिएको बताउनु भयो । उहाँले आगामी दिनमा यी विधेयकहरू संसदमा पेश गर्ने तयारी भइरहेको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>