राजनीति
बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग
०

काठमाडौं, असोज १४ –
नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बाढीपहिरोले बागलुङ र म्याग्दीमा निम्त्याएको अकल्पनीय क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा असोज ८ देखि ११ गतेको भीषण बाढीले बागलुङमा मात्र १३ जनाको ज्यान गएको छ भने भौतिक संरचना ध्वस्त हुँदा हजारौं नागरिक आधारभूत सेवाबाट वञ्चित भएका छन् ।
संसदको शुन्य समयमा बोल्दै सांसद शर्माले प्राकृतिक विपत्तिबाट बागलुङ र म्याग्दीका विभिन्न पालिका नराम्ररी प्रभावित भएको बताउनु भयो ।विशेषगरी ताराखोला, निसीखोला, तमानखोला, ढोरपाटन, बडिगाड र गल्कोट क्षेत्रमा बाढी र हावाहुरीले भौतिक संरचना पूर्ण रूपमा क्षति पु¥याएको छ । उहाँकाअनुसार सयौं घर, गोठ र खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























