राजनीति

प्रतिनिधि सभामा उठे तीन गम्भीर सवालः हिमालमा बेपत्ताको खोजीदेखि पोल्याण्डका श्रमिकको पीडा र आत्मदाह प्रकरणमा ध्यानाकर्षण

०
Banner

काठमाडौं, असोज १४ –

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले मनाङको हिम लुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी, त्रिपुरेश्वरमा भएको आत्मदाह घटनाका पीडित परिवारसँगको संवादहीनता र पोल्याण्डमा कार्यरत नेपाली श्रमिकले बैंक खाता खोल्न नपाएको समस्याबारे सदनमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद राईले गत असोज ११ गते मनाङको हिम लुङ हिमालमा गएको हिमपहिरोमा परी खोटाङको ऐसेलुखर्क गाउँपालिकाका तीनजना श्रमिक बेपत्ता भएको स्मरण गराउनु भयो । उहाँले हालसम्म एकजना घनश्याम राईको शव फेला परे पनि लककुमार गुरुङ र सुरज राईको अवस्था अझै अज्ञात रहेको र आफन्तले सरकारबाट खोजी कार्यमा पर्याप्त तत्परता नदेखाएको गुनासो गरिरहेको सदनलाई जानकारी गराउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>