Breaking News

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

०
Banner

काठमाडौं,असोज १४-

मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, देशका हिमाली भू–भागमा आंशिक बादल तथा पहाडी र तराईका भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बादल लागेको छ ।

बुधबार दिउँसो देशभर आंशिक बादल लाग्नेछ । कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।

राति कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।

देशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>