राजनीति
विपद्का कारण कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना
०

काठमाडौं, असोज १२-
नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशन केही दिन सार्ने तयारी गरेको छ । अविरल वर्षाका कारण सिर्जित विपद्का कारण केही जिल्लामा अधिवेशन बाँकी नै रहेका कारण महाधिवेशन केही दिन सर्नसक्ने उपसभापति पुष्पा भुसालले बताइन् ।
‘भोलि बैठक बोलाइएको छ । यही विषयमा निर्णयका लागि हुनसक्छ । जिल्ला अधिवेशनहरु पनि बाँकी नै रहेकाले केन्द्रीय महाधिवेशन केही दिन पर सर्नसक्छ,- उनले भनिन् ।
कांग्रेस १५ औँ महाधिवेशन असोज १६-१९ गतेका लागि तय भएको थियो। यसलाई कति दिन पर लैजाने भन्ने विषयमा मंगलबार बिहान बैठक बोलाइएको छ । तीन दिनदेखि एकसातासम्म महाधिवेशन सर्नसक्ने बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























