Breaking News

चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस्

०
Banner

काठमाडौं,असोज १२ –

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिवद्धता जनाएको छ ।

सोमवार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म हाल कायम रहेको भाडादरमै यात्रुलाई सेवा प्रदान गर्ने स्पष्ट पार्नुभएको हो । बैठकमा बोल्दै अध्यक्ष सिटौलाले चाडपर्वमा अग्रिम टिकट बुकिङ मात्र ठूलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउनु मुख्य चुनौती रहेको बताउनु भयो । उहाँले सडकको दयनीय अवस्था र ठाउँठाउँमा भइरहेको अवरोधका कारण यातायात सञ्चालनमा कठिनाइ भए पनि सरकारसँगको समन्वयमा सेवालाई निरन्तरता दिने जानकारी दिनुभयो । यातायात क्षेत्रमा हुने विचौलियाको बिगबिगी र जथाभाबी टिकट काट्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै सवारी साधनको प्रकार (नर्मल, डिलक्स, सुपर डिलक्स) अनुसार सरकारले तोकेको भाडादर कार्यान्वयन गर्न व्यवसायी प्रतिवद्ध रहेको उहाँले बताउनु भयो । उहाँले चाडपर्वको समयमा हुने एकतर्फी चापको व्यवस्थापनमा जोड दिँदै सो समयमा मालवाहक सवारी साधनलाई निश्चित समय रोक्न र सडक मर्मतमा तीव्रता दिन सरकारलाई आग्रह गर्नुभयो ।

सिटौलाले भन्नुभयो, ‘तोकिएको बसपार्क र काउन्टरबाट मात्र टिकट काट्ने व्यवस्था मिलाउन सके यात्रु ठगीको समस्या हटेर जान्छ । दशैँको समयमा यात्रुवाहक सवारीलाई पहिलो प्राथमिकता दिनुपर्छ। बाटोको खाल्डाखुल्टी पुर्न र सडक सुरक्षाका लागि १५–२० दिन विशेष ध्यान दिनुपर्छ ।’

अध्यक्ष सिटौलाले चाडपर्वमा अग्रिम बुकिङ गरिएका गाडीहरूलाई अन्य प्रयोजनमा (रिजर्भ)नपठाउन पनि व्यवसायीहरूलाई निर्देशन दिइएको बताउनु भयो । साथै लामो दूरीका सवारीमा दुईजना चालक राख्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने उहाँको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढे पनि सरकारले नागरिकको हितका लागि घाटा सहेर भएपनि मूल्य स्थिर राख्नुपर्ने उहाँको तर्क छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>