राजनीति

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

०
Banner

काठमाडौँ, असोज १० –

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्रमन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गर्नुभएको हो परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो । उहाँले पारस्परिक हितका विविध विषयमा विचारविमर्श गर्नुभएको जनाइएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध १८८ देशमा विस्तार भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>