देश/प्रदेश

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

०
Banner

वीरगञ्ज, असोज ९-
जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना हुने भनिएको दोस्रो महाधिवेशन केही दिनदेखि लगातार भइरहेको वर्षा तथा आगामी दिनमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानलाई मध्यनजर गर्दै स्थगीत गरी १७ गते शनिबारका लागि तय गरिएको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिनुभयो ।

प्रतिकूल मौसमका कारण देशभरबाट वीरगञ्ज आउने प्रतिनिधि, नेता तथा शुभेच्छुकको यात्रा र व्यवस्थापनमा कठिनाइ हुन सक्ने देखिएपछि महाधिवेशनको तालिका परिवर्तन गरिएको प्रवक्ता सिंहको भनाइ छ । पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रतिकूल मौसमको पूर्वानुमान रहेकाले महाधिवेशनको तयारी पूरा भइसके पनि सहभागीको सुरक्षा र सहज आवागमनलाई ध्यानमा राख्दै असोज १७ गतेका लागि नयाँ मिति तय गरिएको छ ।”

यसअघि पार्टीले दोस्रो महाधिवेशन असोज ९ र १० गते वीरगञ्जमा गर्ने तयारीअनुसार महाधिवेशनअन्तर्गत अध्यक्षसहित विभिन्न केन्द्रीय पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढिसकेको थियो । अब परिमार्जित तालिकाअनुसार पार्टीको दोस्रो महाधिवेशन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>