राजनीति

पुराना दल र परीक्षण भइसकेका नेताहरूको नेतृत्वमा मधेस केन्द्रित राजनीति अघि बढ्न सक्दैनः रामकुमार शर्मा

०
Banner

काठमाडौँ, असोज ९ –

जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेका नेता रामकुमार शर्माले पुराना राजनीतिक दल र परीक्षण भइसकेका नेताहरूको नेतृत्वमा अब मधेस केन्द्रित राजनीति अघि बढ्न नसकेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा ‘हुंकार मधेस’ अभियान घोषणा कार्यक्रममा अभियानको अवधारणा प्रश्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मधेशवादी दलहरु विचार र सिद्धान्तको राजनीतिभन्दा व्यक्तिवादी राजनीतिमा लागेको आरोप लगाउनु भयो । नेताहरुको केन्द्रिकृत सोच र अहंकारको कारण मधेश प्रदेशको अपेक्षाकृत विकास हुन नसकेको उहाँको भनाइ छ । उहाँले मधेस, थरुहट तथा उत्पीडित समुदायको राजनीतिलाई नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले गत वर्र्षको जेन–जी आन्दोलनपछि संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध मधेसी शक्तिहरूबीच एकताका लागि पटक–पटक प्रयास भएपनि केही नेतृत्वको हठ, अहंकार र पदप्रतिको आसक्तिका कारण एकता हुन नसकेको बताउनु भयो । त्यसको परिणामस्वरुप गत फागुनमा सम्पन्न निर्वाचनमा मधेस केन्द्रित दलहरूले शुन्यतामा झरेको उहाँको भनाइ छ । उहाँले दलहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्दै पुरानो नेतृत्वले मार्गदर्शक सल्लाहकारको भुमिका निर्वाह गर्नुको विकल्प नरहेको पनि बताउनु भयो । मधेसी नेताहरुमाथि लागेको भ्रष्टाचार तथा अनियमितताको आरोपले समेत मधेसलाई नैकित बल मिल्न नसकेको उहाँको दाबी छ ।

उहाँले मधेसको राजनीतिलाई एकतावद्ध बनाई पुनर्जागरण गर्नु हुंकार अभियानको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>