मनोरञ्जन

समिक्षा अधिकारी र गोपाल सापकोटाको “मेरो मनमा” गीत सार्वजनिक

Banner

काठमाडौँ,असोज ६-

लोकप्रिय कलाकार समिक्षा अधिकारी र गोपाल सापकोटाको आवाजमा रहेको नेपाली गीत “मेरो मनमा” लोकप्रिय संगीत युटुव च्यालन मार्फत सार्वजनिक भएको छ ।

सागर र मोतीको सुन्दर प्रेम कथामा आधारित यस गीतमा शब्दरसंगीत गोपाल सापकोटाको रहेको छ भने गरीमा शर्मा, प्रभातपाल ठकुरी, गोपाल सापकोटा र आस्था न्यौपानेको नृत्य तथा अभिनय रहेको यस गीतलाई छायाँङ्कन दिनेश पराजुली र निर्देशन सान थापाले गर्नुभएको छ । गीतमा उत्कृष्ट शब्द, संगीत, स्वर रअभिनयका कारण सामाजिक संजाल टिकटक र फेसवुक रिल्स् हरुमा पनि लोकप्रिय हुदै गएको छ ।

गायक सापकोटाका एक र्दजन हाराहारीमा गीतहरु बजारमा आएका छन् । जस मध्ये यस भन्दा आगडी बजारमा आएका काली गंगा सलल, तोरी पेले तेल, गोजी रित्तै छ, हजार जुनी जुनी, रैछेउ रनैपर्नि, तिम्रो यादा आउँदा लगाएतका गीतहरु लोकप्रिय बनेका थिए ।
बागलुङ जिल्ला जैमिनि नगरपालिका २ दमेकमा जन्मनुभएका गायक गोपल सापकोटा हाल भरतपुर ९ शरदपुरमा बसोवास गदै आउनुभएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>