Breaking News
आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको पूजा–आराधना गरिँदै
०

काठमाडौं , असोज ६ –
आज हरिपरिवर्तिनी एकादशी परेको छ ।
भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर्दा कोल्टे फेर्ने धार्मिक विश्वास रहन्छ ।
यस दिन निष्ठापूर्वक व्रत बस्नाले सम्पूर्ण पाप नाश भइ फल प्राप्त हुने शास्त्रीय मान्यता छ । एकादशीको दिन बिहानै स्नान गरी भगवान विष्णु हृषिकेशको पूजा, आराधना र फलाहार वा निराहार व्रत बस्ने गरिन्छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























